अचेल Key Ring बोक्दिन, किन किन त्यसै गाह्यो लागेर आउंछ । त्यसैले आज कोठाबाट निस्केर ताला लगाए अनि चाबी wallet मा राखें ।
मेरी घर धनि कि छोरी एक्लै बाहिर थिंइन। कपालमा तेल लगाउदै । काधंसम्म आउने उनको कपाल मलाई राम्रो लाग्छ। म बिस्तारै हांसे, उनि पनि ।
शायद हामी दुवै जना शिष्टाचार निभाउदै थियौं । कुरा गरेको भए दिन कतिखेर सकिन्थ्यो पत्तो हुदैन थियो। लजाएर हास्नु बाहेक अरु केही बोल्न सकिएन । म दलिन तिर हेर्दै बाहिर निस्के । एक चोटि पछाडि हेर्न मन थियो, सकिन । मेरो पाइन्ट loose थियो, माथि सारे अनि छाता बोकेर हिडे ।
डेराबाट अफिस १० मिनेट को हिडाइमा होला । त्यसैले म रिक्सा चढदिन अफिस जांदा । तर डेराबाट अलिक अगाडि बढेपछि दुइवटा रिक्सा बिस्तारै आउंदै थिए । मैले राम्रै संग हेरे, दुवैलाई । एक जना बुढा, अर्का मेरै उमेरका । रिक्सा चढदा म अलिक जवान मान्छेकोमा चढन रुचाउछु। छिटो त कुदाउंछ । अनि म पनि लोभी मानिस त हुं ।
तर मैले हिजो त्यो रिक्सावाला बुढाको आंखामा धेरै आश देखें, ' चढि दिन्छ कि यो मान्छे' भन्ने भाव ले मलाई रोक्यो। म रिक्शा कटेर हिड्न सकिन । बुढासंग आंखा जुधे । मैले उनलाई हेरि रहें । नेपाल को झण्डा भएको कट्टु लगाएको रहेछ । मेरो पनि एउटा छ जुन म आक्कल झुक्कल बिहान फुटबल खेल्दा लगाउछु ( लाज मानि मानि )। उहि नेपाली हात्तीछाप चप्पल अनि छाति मा Britney Spears बोकेका थिए ति बुढाले । धेरै आश गरेछन, मुख फोरेरै सोधें 'कथई जाबे?' । मलाई हतार पनि थिएन, आवश्यक पनि थिएन, अनि त्यो रिक्शाको मजदुर मेरो रोजाईको पनि थिएन । तर पनि समयको त्यो बिन्दुमा मेरो भावुकताले मेरो स्वार्थलाई सम्पूर्ण रुपमा जीत्यो । मैले केहि सोचिन र सोच्न पनि चाहिन । टेलिफोन अफिस जांउ भन्दै छाता काखीमा च्याप्दै म रिक्सा चढें । म चढेपछि उनि रिक्साबाट और्लिए । एउटा हातले ह्ययण्डल र अर्को हातले रिक्साको फ्रेमको रड समातेर ताने । म engineering को विधार्थी , High Starting Torque को कुरो सम्झे । Series Field Winding भएको DC Motor ठिक हुन्छ यस्तो Case मा, मेरो ज्ञानले त्यहि भन्यो । तर कहां मेरो अध्ययन कहां यी बुढाको जीवनको वास्तविकता । फेरी सोचें भाषा र प्रस्तुति त फरक हो, बुझाई त एउटै हो । मेरो अध्ययनले भनेको Series DC Motor For High Starting Torque उनको जीवनको अनुभव- 'मालिक' चढेपछि रिक्सा गहौ् हुन्छ, अलिकति तानेर मात्र कुदाउनु पर्छ । हैन र? रिक्सा कुदयो । म उपर खुट्टि लगाएर बसें ।
बाटोमा स्कुल जाने केटा केटी थिए, उनलाई हेरे । त्यो पुरानो बेला सम्झे । मन हर्षित भयो । अफिस जादै गरेका मान्छे थिए, उनलाई हेरे, फेरि आफुलाई। भविष्य वर्तमान हुनलागेको भान भयो । मन कस्तो कस्तो भयो । निलो कुर्ता सलवारमा सजिएकि नारी देखें, सपना सम्झे । सपना मै भुलें । मैले रिक्सा पनि बिर्से, बाटो पनि।।।
'यहिं पे मालिक?'
अफिस आएछ । बुढाले रिक्सा रोके । अब भाडा दिनु छ, के गरौं के ! भाडा कति दिनु? सोध्न सकिन । मैले आफै जानेर दिनु पर्ने, कस्तो गार्हो (१० रुपैया थियो भाडा)। मैले जति दिनु थियो लेनदेनको नियम नबिगारि दिनु थियो । मैले बिस रुपैयाको नोट दिए(खल्तीमा १० रुपैया हुदा हुंदै)।
उनले "खुल्ला देउ 'मालिक'? भने ।

मैले "छैन म संग, भै गयो अहिले राख्नुहोस, अर्को चोटि मिलाउंला" भने
उनले एकछिन भने, अनि सिट भित्र राखेको पोको झिकेर १/२ रुपैयाको नोट गरेर मलाई १० रुपैया फर्काए । मैले गाह्रो मानेर लिए । मन खल्लो खल्लो भयो । ति बुढा त्यही बसे रिक्सा फर्काएर । मैले फर्केर हेरे,
"बैजनाथपुर गा वि स, रिक्सा नं ७३"
हिजो अफिसमा उदास मनको साथ काम सकाए । डेरा फर्के, कुन बेला चिया सकिएछ, कुन बेला निदाए केहि थाहा भएन ।
आफैलाई टटोल्दै छु । All of us are, by born, emotional. हामी सबैमा भावुकता छ । हामी सबैमा स्वार्थ छ । कसैमा थोरै त कसैमा धेरै । किन समय को कुनै कुनै बिन्दुमा मात्र हाम्रो भावुकताले जित्दछ हाम्रो स्वार्थलाई!! म उत्तर खोजी नै रहे।
बिराटनगर,
1st august, '07

19 comments:
thinking in the fourth dimension.
I love your writing. It's cool like "Coffee Guff" of Narayan Wagle
Its great writing as usual... keep it up.
.........
[ http://techshare.co.nr
Share your tech-knowledge right here ]
Abstract chintan Rikshaw? By Rajeev Ghimire.
sabda chayan sarhai ramro ali bhasik suddhatama pani dhyan puryaunu paryo.
राजिब जी! मैले तपाँईको August 1 को post पढें। त्यो अत्यन्तै मन छुने गरी लेख्नुभएको छ। तपाँईको लेखन अति रम्रो लाग्यो। तपाँईले जुन प्रकार ले एउटा सानो घटना लाई मन छुने किसिमले बर्णन गर्नु भएको छ, जुन सह्रानिय छ।
मैले त्यो पढे पछि तपाँईलाई फोन गर्न लागेको थिएं तर पछि सम्झिएं तपाँई त Class मा हुनुहुन्छ। यसो तल हेर्दै जाँदा Comment भनेर लेखेको रहेछ। अनि तपाँईलाई धन्यवाद दिन को लागि यो Comment लेख्दैछु। धन्यबाद राजिब जि।
Rajeev Sir,.....
Good, good, Keep it up, I really liked your style of writing. I hope you will continue writing your feelings.
Very good one.Good to read quality blog in Nepali. keep updating I am waiting other posts from u.
I love this kind of literary work. Good for you to write this. May u keep on doing this.
Now,I am quite jealous of your writings.I am encouraged by this piece and I will also start blogging.
लेख राम्रो लाग्यो।
त्यो घर धनिकी एक्ली छोरीले तपाईंको मन लुटी ? राम्रै हो...उमेर नि पुगेकै हो तपाईको,पाली नि तपाईकै हो...; उनको बारे धेरै खुलाउनु भएन छ,सायद हाराहारीको हुनुपर्छ उमेर..।
"कुनै कुनै बिन्दुमा मात्र हाम्रो भावुकताले जित्दछ" <--> कुनै कुनै बेला मात्र ए मिटर पड्किन्छ (ल्याबमा) , भन्ने संग मिलाउन मिल्छ?
।।हाहा।।
यो पहिलो लेख लेख्न खुब रहर जाग्छ, पछि पछि अल्छी लागेर आयो मलाई त। तपाई चाहीं लेख रचना पस्किदै गर्नु।
---------
नोवल
keep it up my friend, i liked ur posting. Hope to read similar postings soon.
I have just to say "Akabari sun lai Kasi launu pardaina"
Dear Rajiv,
I love writing literature. I have really liked your articles. Keep on doing, Best of Luck
Dear Rajiv,
I love writing literature. I have really liked your articles. Keep on doing, Best of Luck.
hi rajeev,
very nice writing, keep it up
It's not that much praiseworthy. Nevertheless, Good attempt, Keep it up.
Mula naya kura khoi? Gharbeti ko chhori le kun tel lagaki rahichhin ta ? basna aayena? Arko Basana hoina ni.
rajeev dai you go very deep through ur writting....tapaiko blog ko regular readder vaye ma..its sure
You write very well.
Post a Comment